• २०८१ बैशाख १७ सोमबार

उत्तर कोरियाले गर्यो पानीमुनि परमाणु ड्रोनको सफल परीक्षण

kharibot

काठमाडौँ । उत्तर कोरियाले अब पानीमुनि परमाणु ड्रोनको सफल परीक्षण गरेको छ । यसको जानकारी समाचार एजेन्सी केसीएनएले शुक्रबार दिएको हो । रिपोर्टहरूका अनुसार उत्तर कोरियाको सेनाले रेडियो सक्रिय सुनामी ल्याउनका साथै अन्य देशका बन्दरगाहहरूलाई सजिलै नष्ट गर्न सक्ने परमाणु ड्रोन विकास गरेको छ ।

उत्तर कोरियाली तानाशाह किम जोङ उन आफैंले मार्च २१ र २३ बीचमा परमाणु ड्रोनको परीक्षणको अनुगमन गरेका थिए । आणविक ड्रोनलाई प्रहार गर्नुअघि दक्षिण ह्यामग्योङ प्रान्त नजिक समुद्रबाट २६० देखि ४९० फिट तल ५९ घण्टा १२ मिनेटसम्म राखिएको थियो ।

न्यूक्लियर ड्रोनलाई हाइल नाम दिइएको छ । उत्तर कोरियाले आफ्नो नयाँ अन्डरवाटर आणविक ड्रोनलाई ‘हाइल’ नाम दिएको छ । जसको अर्थ कोरियाली भाषामा सुनामी हो। यो रेडियोधर्मी आणविक ड्रोन कुनै पनि बन्दरगाहमा सजिलै तैनाथ गर्न सकिने केसीएनएले जनाएको छ । अन्डरवाटर आणविक ड्रोन २०१२ देखि तयार भइरहेको थियो ।

पछिल्ला दुई वर्षमा यससँग सम्बन्धित ५० वटा परीक्षण गरिएको थियो । यसको परीक्षणका क्रममा किम जोङ उनले यो ड्रोन अमेरिका र दक्षिण कोरियाका लागि हाम्रो चेतावनी हो भनेका थिए । 

मार्च महिनामा मात्रै उत्तर कोरियाले हालसम्म ६ वटा मिसाइल परिक्षण गरिसकेको छ । बुधबार नै ४ वटा क्रुज मिसाइल परिक्षण गरिएको थियो । वास्तवमा, दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको यस महिनामा उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै