• २०८१ बैशाख १५ शनिबार

नागेल्समनको बर्खास्तपछि टुचेल बने बायर्न म्युनिखको प्रशिक्षक

kharibot

काठमाडौँ । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले आफ्ना मुख्य प्रशिक्षक जुलियन नागेल्समनलाई बर्खास्त गर्दै थोमस टुचेललाई नयाँ प्रशिक्षक बनाएको छ । 

पछिल्लोपटक बायर लेभरकुसेनसँग २–१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए । लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएको थियो भने बोरुसिया डर्टमन्ड शीर्ष स्थानमा उक्लिएको थियो । 

नागेल्समनले सन् २०२१ देखी बायर्नको प्रशिक्षण सम्हाल्दै आएका थिए । उनको प्रशिक्षणमा बायर्नले गत सिजनको बुन्डेसलिगाको उपाधि जितेको थियो भने त्यो बायर्नले उपाधि जितेको लगातार १०औँपटक थियो ।

बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्दैछ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भने बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नागेल्समनलेको बर्खास्ती पछि बायर्नले थोमस टुचेललाई प्रशिक्षक बनाएको छ । चेल्सीका पूर्व प्रशिक्षकलाई रियल म्याड्रिड र टोटनह्यामले चासो देखाएपनि उनी बायर्नको जिम्मेवारी सम्हाल्न तयार भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै