काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत लखनउ सुपर जाइन्टसले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लखनउले दिएको १९४ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो ।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले सर्बाधिक ५६ रन बनाए भने रिले रोस्सोले ४० रन बनाएका थिए । त्यस्तै अक्सर पटेलले १६, पृथ्वी शाले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यस्तै लखनउका बलर मार्क वूड़ले ५ विकेट लिए । उनले ४ ओभरमा १४ रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै अभेस खाँ र रवि विश्नोईले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।
लखनउका लागि काइल मायेर्सले सर्बाधिक ३८ बलमा ७३ रन बनाएका थिए । त्यस्तै निकोलस पुरनले ३६, आयुस बदानीले १८, दीपक हुडडाले १७, क्रुनाल पाण्डेयले अविजित १५, मार्कस स्टोइनिसले १२ रन बनाएका थिए ।
त्यसैगरी दिल्लीका बलर खलील अहमद र चेतन साकरियाले २-२ विकेट लिएका थिए भने अक्सर पटेल र कुलदीप यादवले एक एक रन बनाएका थिए ।
योजित पछि लखनउले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।