• २०८१ बैशाख १५ शनिबार

कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

kharibot

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

उनका अनुसार बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने  छ । उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय