• २०८१ बैशाख १८ मंगलबार

अस्ट्रेलियाका सरकारी डिभाइसमा टिक टक प्रतिबन्ध

kharibot

काठमाडौँ । अस्ट्रेलियाले चर्चित सामाजिक सञ्जाल टिक टकलाई प्रतिबन्ध लगाएको छ ।

अस्ट्रेलियाले युरोपियन देश र अमेरिकालाई पछ्याउदै सबै सरकारी डिभाइसबाट टिकटक एप हटाउन निर्देशन दिएको छ ।

अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेयफुसले सुरक्षा एजेन्सीहरुबाट प्राप्त सूचनाको आधारमा टिकटकमा प्रतिबन्ध लगाइएको बताएका छन् । उनले जति सक्दो छिटो सरकारी डिभाइसबाट टिक टक हटाउन निर्देशन समेत दिएका छन् ।

यसअघि टिकटकलाई अमेरिका, बेलायत, क्यानडा र न्यूजील्याण्डले सरकारी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् ।

उनीहरुले टिकटकमा चिनियाँ सरकारको पूर्ण नियन्त्रण रहेको र यसले जासुसी गरिरहेको आरोप लगाएका छन् ।

यसैबीच अमेरिकाले भने टिकटकका मालिकलाई शेयर बेच्न दबाब दिइरहेको छ । अमेरिकाले आफ्नो देशमा पूर्ण प्रतिबन्ध लगाउने चेतावनी दिदै टिक टकलाई बेच्न दबाब दिएको चीनको आरोप छ ।

टिकटकका सबैभन्दा बढी प्रयोगकर्ता पनि अमेरिकामा नै छन् । अमेरिकामा टिकटकका १५० मिलियन प्रयोगकर्ता रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै