काठमाडौँ । चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
गएराती भएको खेलमा चेल्सीले साउथहम्पटनलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
अब फाइनलमा चेल्सीले म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ ।
चेल्सीको जितमा ओलिभर जिराउड र अल्भारो मोरटाले गोल गरेका थिए । जिराउडले खेलको ४६औ मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८२औ मिनेटमा गोल गर्दै मोरटाले चेल्सीलाई २-० को अग्रतासहित जित दिलाएका थिए ।
चेल्सी १३औ पटक एफए कपको फाइनलमा प्रवेश गरेको छ । २०१० पछि पहिलो पटक एफए कपको फाइनलमा प्रवेश गरेको हो ।
एफए कपको फाइनल खेल आगामी मे १९ मा हुने छ ।