• २०८१ बैशाख २५ मंगलबार

अमेरिकी डलरको भाउ घट्दा, युरो उकालो

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबार अमेरिकी डलर ३६ पैसाले घटेर यसको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

यसअघि बिहिबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोमा उकालाे  लागेको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो । बिहिबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो। शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। यो मूल्य बिहिबारको तुलनामा ७५ पैसाले बढेको हो । बिहिबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ४४ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । 

शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ । उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ७१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै