काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का स्टार ब्याट्सम्यान विराट कोहलीलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ ।
आइपिएलको आचारसंहिता उल्लंघन गरेको आरोपमा कोहलीलाई जरिवाना गरिएको हो ।
आईपीएलले कोहलीले आईपीएल आचार संहिताको धारा २.२ अन्तर्गत नियमहरू उल्लङ्घन गरेको उल्लेख गरको छ । यद्यपि कोहलीलाई जरिवाना लगाइएको घटनाबारे विस्तृतमा उल्लेख गरिएको छैन ।
तर चेन्नईका मिडल अर्डर ब्याट्सम्यान शिवम दुबेलाई आउट गरेपछि कोहलीले आक्रामक व्यबहार गरेको घटनालाई आइपिएलले आचारसंहिताको उल्लङ्घन मानेको बुझिएको छ । दुबेले बैंगलोरविरुद्ध आक्रामक ब्याटिंग गर्दै २७ बलमा ५२ रन बनाएका थिए ।
कोहलीले आईपीएलको आचारसंहिताको धारा २.२ अन्तर्गत लेभल १ को अपराध स्वीकार गरेका छन् । यद्यपी आचारसंहिताको लेभल १ उल्लङ्घन भएमा म्याच रेफ्रीको निर्णय अन्तिम हुने व्यवस्था रहेको छ ।
यो खेल चेन्नईले ८ रनले जितेको थियो ।