• २०८१ बैशाख २३ आइतबार

आर्मीसँग मनाङ मर्स्याङ्दी स्तब्ध

kharibot

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध बनाएको छ ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले मनाङलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीको दिनमा खेलको ७५औं मिनेटमा सुदिल राईले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । त्यस्तै मनाङले भने लिगमा  तेस्रो हार बेहोरेको छ । लिगको इतिहासमा मनाङ लगातार तेस्रो पटक हार बेहोरेको यो दोस्रो पटक हो ।  

यो जितपछि आर्मी १० खेलमा १५ अंक हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मनाङ मर्स्याङ्दी क्लबको पनि १० खेलमा १५ अंक नै रहेको छ ।
             

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै