• २०८१ बैशाख १६ आइतबार

सन्दीपलाई राशिद खानको रेकर्ड तोड्ने अवसर

kharibot

काठमाडौँ । सन्दीप लामिछानेलाई आज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानका रासिद खानको एक रेकर्ड तोडने अवसर रहेको छ ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने रेकर्ड अहिले रासिद खानको नाममा रहेको छ ।

आज ओमानविरुद्ध जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा सन्दीपलाई यो रेकर्ड तोड्ने अवसर रहेको छ । सन्दीपले अहिलेसम्म ४१ एकदिवसीय खेलमा ९९ विकेट लिएका छन् । आज ओमानविरुद्ध एक विकेट लिएमा आइसीसीको  एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा छिटो सय विकेट लिने रेकर्ड सन्दीपको नाममा हुने छ ।

राशिदले ४४ खेलमा सय विकेट लिएर यो रेकर्ड बनाएका हुन् । उनले २०१८ को मार्च २५ मा वेस्टइन्डिजविरुद्धको खेलमा यो रेकर्ड आफ्नो नाममा बनाएका थिए । उनले त्यसबेला अस्ट्रेलियाका मार्क स्टार्कको ५२ खेलमा सय विकेटको रेकर्ड  तोड्दै आफ्नो नाममा लेखाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै