• २०८१ बैशाख २७ बिहीबार

पुर्वी नवलपरासीमा ३५ लाखको अवैध सामान बरामद

kharibot

चितवन । पुर्वी नवलपरासीमा ३५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद भएको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानवाट एकै दिन ३५ लाख बराबरको अबैध समान बरामद गरेको हो । 

बिभिन्न नाकावाट भन्सार छलेर ल्याइएको कस्मेटिक सामग्री, युरिया मल, लत्ताकपडा, मोबाइललगायतका सामाग्री बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकका अनुसार महेन्द्र राजमार्गमा चेकिङका क्रममा २ सय २० बोरा युरिया मलसहित झन्डै ३५ लाख बराबरको समान बरामद गरिएको हो ।

उनका अनुसार बिलबीजक नभएका र भन्सार तिरेको कागजातसमेत नभएका ती समान जफत गरी त्रिवेणी भन्सार कार्यालयमा पठाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै