• २०८१ बैशाख १७ सोमबार

सलमान खानको फिल्मको बक्स अफिसमा खराब शुरुवात

kharibot

काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘किसी का भाई किसकी जान’ले पहिलो दिन निकै कमजोर ओपनिङ गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार सलामानको यस फिल्मले पहिलो दिन १५.८१ भारु कमाई गरेको छ ।

‘किसी का भाई किसकी जान’फिल्मले सलामान खानको २०११ पछिको सबैभन्दा कमजोर ओपनिंग गरेको छ ।

पहिलो दिन फिल्मको कमजोर ओपनिंगपछि उनका फ्यानहरुको नजर अब दोस्रो दिनमा छ । चलचित्रका वितरक र प्रदर्शकहरूले सलमान खानका फ्यानहरूको ईदमा सिनेमा हलहरूमा भीड लाग्ने आशा राखेका छन्, तर शुरुवात राम्रो देखिएको छैन । सलमानको अघिल्लो फिल्म ‘भारत’ले पहिलो दिन ४२.३० र दोस्रो दिन ३१ भारु करोड कमाएको थियो तर फिल्म ‘किसी का भाइ किसकी जान’को अग्रिम बुकिङलाई हेर्दा शनिबार २० करोडको आँकडा पार गर्न मुस्किल देखिन्छ ।

सलमान खानको २०१० मा रिलिज भएको दबंगले पहिलो दिन १४.५ करोड कमाई गरेको थियो । त्यसयता सलमानका फिल्मले गरेको यो सबैभन्दा कमजोर ओपनिंग हो ।

२०११ मा बडीगार्डले पहिलो दिन २१.६ करोड भारु कमाइ गरेको थियो भने २०१२ मा एक था टाइगरले ३२.९३ करोड, २०१४ मा किकले २६.४० करोड, २०१५ मा बजरंगी भाइजानले २७.२५ करोड, २०१६ मा सुल्तानले ३६.५४ करोड, २०१७ मा ट्युबलाइटले २१.१५ करोड, २०१८ मा रेस-३ ले २९.१७ करोड र २०१९ मा भारतले ४२.३० करोड कमाई गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै