• २०८१ बैशाख २० बिहीबार

मनाङ मर्स्याङ्दीको लगातार पाँचौं हार, पुलिस विजयी

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले लगातार पाँचौं हार बेहोरेको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मनाङलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नेपाल पुलिसको जितमा खेलको सातौँ मिनेटमा मुहमद आसिकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जारी लिगमा नेपाल पुलिसको यो दोस्रो जित हो । यो जितपछि नेपाल पुलिसले १२ खेलमा ९ अंक हासिल गरेको छ ।

त्यस्तै मनाङले भने लिगमा लगातार पाँचौं हार बेहोरेको छ । यो हारपछि मनाङको १२ खेलमा १५ रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै