• २०८१ बैशाख १५ शनिबार

तराई-मधेश फास्ट ट्रयाकको जग्गा प्राप्तिलाई छिटो टुंग्याउने सरकारको निर्णय

kharibot

काठमाडौं । सरकारले काठमाडौं-तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

उनले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णयसमेत गरेको बताए ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको उनले बताए ।

ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको उनले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै