• २०८१ बैशाख २१ शुक्रबार

आजबाट तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा

kharibot

काठमाडौँ । आजबाट तीन नेपाली फिल्म ‘कैदीको पत्र’, ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् ।

यी तीन फिल्ममध्ये ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ किनकि, दुवै यस अघि हिट फिल्मका नयाँ सिरिज हुन् । 

मल्टीप्लेक्सहरुले शोज बाँडफाँटमा ‘प्रसाद २’ लाई अगाडी राखेका छन् भने ‘नाइँ नभन्नू ल ६’ लाई दोस्रो स्थानमा राखेका छन् । 

त्यस्तै अर्को फिल्म ‘कैदीको पत्र’ले मल्टीप्लेक्सहरुमा औसत पाएको छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स क्यूएफएक्स चेनमा फिल्मले शो पाएको छैन । 

विकासराज आचार्यको निर्देशन रहेको ‘नाइँ नभन्नू ल ६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईँटेलका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय छ । 

त्यस्तै, सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ । अघिल्लो श्रृंखला जहाँ सकिएको थियो, त्यहीँबाट फिल्म सुरु भएको छ । यसै साता काठमाडौंमा भएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै