• २०८१ बैशाख २८ शुक्रबार

संसदमा फरार एमाले सांसद कोइरीको बिदा स्वीकृत भएन

kharibot

काठमाडौँ । प्रतिनिधि सभाले फरार रहेका एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिदा अस्वीकृत गरेको छ ।

राति १० बजे बसेको प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले हाल उपचारत सांसदहरु मनोरमा शेरचन,बिना कुमारी थनेत, चन्द्र भण्डारी र बर्षमान पुन लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित रहेको बिदा स्वीकृत भएको जानकारी दिएका छन् ।

सभामुख घिमिरेले एमाले सांसद कोइरीको विषयमा आउदो संसद अधिवेशनमा कानुन बमोजिम हुने भन्दै यसअघि प्रस्तुत गरेको विरामी रहेको सांसदहरु सूचीबाट हटाएका छन् ।

यसअघि आजको पहिलो बैठकमा सभामुख घिमिरेले एमाले सांसद कोइरीलाई विरामी भएर अनुपस्थित रहेको बताए पछि सांसदहरुले विरोध गरेका थिए । विरोध जारी रहेपछि सभामुखले आधा घण्टाको लागि स्थगित भएको बैठक राति १० बजे मात्र संचालन भएको थियो ।

कोइरी संसदको यस अघिवेशनमा लगातार २६ बैठकमा अनुपस्थित रहेका छन् । प्रतिनिधि सभा नियमावली अनुसार १० बैठकमा लगातार अनुपस्थित रहेमा संसद पद खारेज हुने व्यवस्था रहेको छ ।

यसैबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।

कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’

  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै