• २०८१ बैशाख १६ आइतबार

सांस्कृतिक सद्भाव बढाउन सीता जन्मोत्सव

kharibot

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उनले सीतालाई एक आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताए ।

“मुलुकको सामाजिक, सांस्कृतिक रुपमा एउटा नयाँ आयाम थप्ने काम सीता जन्मोत्सवले गरेको छ । यसबाट राष्ट्रिय एकता र भ्रातृत्व वातावरण बनाउछ ,उनले भने  ।

सीता जन्मोत्सवले मिथिला संस्कृतिलाई पनि प्रवर्द्धन गरेको पनि उनले सोही कार्यक्रममा मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले सीताको जन्मोत्सवलाई मिथिला क्षेत्रमा मात्र नभई समग्र नेपालभर नै मनाउन आवश्यक रहेको बताउनुभयो । “हामीले आफ्नो इतिहास र संस्कृतिलाई उजागर गर्न सकेनौँ ।

सामाजिक एकता र सद्भावका लागि सीता जयन्ती हिमाल पहाड सबै क्षेत्रले मनाउन थाल्नुपर्छ”, उनले भने, “यसलाई मधेस प्रदेश र जनकपुरको मात्र नभई राष्ट्रिय पर्वका रुपमा मनाइनुपर्छ ।

यसले जनकपुरको कान्तिपुरसँग सम्बन्ध जोड्न सक्छ ।” राष्ट्रिय विभूति सीता महिला सशक्तीकरणको प्रतिबिम्ब रहेको पनि उनले उल्लेख गरे ।

हरेक वर्ष वैशाख शुल्क नवमीका दिन राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्तीका रुपमा मनाइने गरिन्छ ।

मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक धर्मग्रन्थ एवम् पुराणहरुमा वर्णन गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै