• २०८१ बैशाख १७ सोमबार

८ वर्षपछि तातोपानी नाकाबाट नेपाली सामान निर्यात

kharibot

तातोपानी । सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो  पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए । 

गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार सोमबारदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुला भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै