• २०८१ बैशाख १५ शनिबार

अमेरिकी संसदलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनद्वारा ट्रम्पको राष्ट्रवादको आलोचना 

kharibot

वाशिंटन । अमेरिकाको भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इमेन्युल म्याक्रोनले अमेरिकी संयुक्त संसदलाई सम्बोधन गर्दै ट्रम्पले अङ्गीकार गरेको राष्ट्रवादको आलोचना गरेका छन् ।

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता पछि अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै म्याक्रोनले राष्ट्रवादको नीतिले हाम्रो डर भगाउने अस्थायी विकल्प भएपनि दिर्घकालमा यस्तो डर झन् बढ्ने बताउदै अति राष्ट्रवाद दुनियाँको हितमा नभएको बताएका छन् ।

म्याक्रोनले दुनियाँसँग ढोका बन्द गरेर गरिने कामले हामि दुनियाँलाई अगाडी बढाउन नसक्ने भन्दै आफ्नो प्रयास अति राष्ट्रवादलाई रोक्ने हुने बताएर ट्रम्पको राष्ट्रवादी नारालाई झड्का दिएका छन् ।

दुनियाँको उन्नति र समृद्धिको लागि अति राष्ट्रवाद खतरा भएको बताए । अमेरिकी संसदमा ५० मिनेट लामो भाषण गर्दै म्याक्रोनले जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौताको वकालत गर्दै अमेरिका सो सम्झौतामा फेरी फर्किने विस्वास गरे । ट्रम्पको व्यापार नीतिको घुमाउरो पारामा आलोचना गर्दै ब्यापार युद्धले कसैको हिट नगर्ने भन्दै विश्व व्यापार संगठनको माध्यामबाटै समस्याको समधान खोज्न आग्रह गरे ।

राष्ट्रवादको मुद्धामा आफ्नो धारणा राख्दै म्याक्रोनले भने – ‘निजि हिसाबले नयाँ शक्तिशाली देश बनाउने र राष्ट्रवादको भ्रमण छर्नेमलाई कुनै आकर्षण छैन ।’ 

म्याक्रोन संसदमा भाषण गर्न पुग्दा अमेरिकी सांसदहरुले तीन मिनेटसम्म ताली बजाएर उनलाई स्वागत गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै