• २०८१ बैशाख १६ आइतबार

एटलेटिको म्याड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले काडिजलाई ५-१ गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

एटलेटिकोको जितमा एन्टोनी ग्रीजम्यानले २ गोल गरे भने अल्भारो मोराटा, यानिक कारास्को र नाहूएल मोलिनाले एक एक गोल गरेका थिए । त्यस्तै काडिजका लागि एन्थोनी लोजानोले एक गोल फर्काएका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको ३३ खेलमा ६९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै यसअघि दोस्रो स्थानमा रहेको रियल म्याड्रिड ३३ खेलमा ६८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

यस सिजनको ला लिगाको उपाधि भने बार्सिलोनाले जित्ने सम्भावना देखिएको छ । बार्सिलोना अहिले ३३ खेलमा ८२ अंकसहित दोस्रो स्थानमा रहेको एटलेटिकोभन्दा १३ अंकले अगाडी रहेको छ ।

त्यसैगरी काडिजको भने ३३ खेलमा ३५ अंक छ र लिगमा १५औ स्थानमा रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै