• २०८१ बैशाख १९ बुधबार

चरित्रहत्या हुने समाचार प्रकाशित नगर्न पूर्वगृहमन्त्री खाँणको आग्रह

kharibot

काठमाडौँ ।  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारले आफ्नो चरित्रहत्या भएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै नेता खाँणले आफ्नो नाम जोडेर प्रकाशित भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाँणको नाम समेत मुछेर समाचार प्रकाशन भएका छन् ।

खाँणको विज्ञप्ति  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै