• २०८१ बैशाख १६ आइतबार

अबैध रुपमा जुत्ता बोकेका ३ वटा ट्रक नियन्त्रणमा

kharibot

हेटौडा । सशष्त्र प्रहरीले चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ ।

प्रहरीले झन्डै साँढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरवाट नियन्त्रणमा लिएको हो । सशष्त्र प्रहरीको  १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गवाट चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता भित्राउँदै गरेका तीनवटा टक्रहरु सशष्त्र प्रहरीको नियन्त्रणमा परेका हुन ।

गत बैशाख २९ गते विशेष सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिईएको सशष्त्र प्रहरीले जनाएको छ । सशष्त्र प्रहरीका अनुसार बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा परेका हुन । जसको मुल्य ४ लाख ८८ हजार १७३.६३ अमेरिकी डलर अर्थात ६ करोड ४२ लाख २९ हजार ४.५० रुपैयाँ रहेको अनुमान गरिएकाे छ ।

नियन्त्रणमा लिएको तीनवटै ट्रक थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै