• २०८१ बैशाख २७ बिहीबार

मोका चक्रवात: म्यान्मारमा ६ जनाको मृत्यु

kharibot

काठमाडौँ । चक्रवात मोकाले म्यानमारमा ठूलो क्षति पुर्याएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिलेसम्म मोका आंधीबाट ६ जनाको मृत्यु भइसकेको छ । हावाहुरीले धेरै घरको छाना उडाएको छ भने कतिपय क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ । आँधीका कारण हजारौं मानिस घरबार छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।

म्यान्मार सेनाले दिएको जानकारी अनुसार चक्रवातले सिट्वे, क्याउकप्यु र ग्वा टाउनशिपमा घर र पावर ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । यस हावाहुरीमा सयौं रुखहरु ढलेका छन् । बिजुलीका पोल, टेलिफोनका टावर पनि उडाएका छन् । सिट्वे बन्दरगाहमा खाली डुङ्गाहरू पल्टियो र बत्तीहरू उखेलिएको छ । साथै सिट्वे र मौङदाउ जिल्लामा सहायक नदीको बहाव १६ देखि २० फिटसम्म पुगेको छ ।

यसअघि सेन्ट मार्टिन टापुमा तीव्र हावासहित भारी वर्षा भएको थियो । यसै क्रममा बंगलादेशको कक्स बजारमा पुग्नुअघि आँधीले पूर्वतिर मोडेको थियो । जसका कारण बंगलादेशमाथि फैलिएको खतरा निकै हदसम्म कम भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै