• २०८१ बैशाख १८ मंगलबार

सर्टिफिकेट नहुँदा ब्रिटेनमा रोकियो ‘द केरला स्टोरी’

kharibot

मुम्बई । सुदीप्तो सेनको फिल्म ‘द केरला स्टोरी’लाई लिएर भएको विवाद अब केवल भारतमामात्र सीमित रहेन, यो विवाद ब्रिटेनमा पनि पुगेको छ ।

ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बिबिएफसी)ले यो फिल्मलाई प्रदर्शनअघि कुनै पनि सर्टिफिकेट दिएको छैन ।

फिल्मले सर्टिफिकेट नपाएपछि त्यहाँका भारतीय समुदाय आक्रोशित भएका छन् । यद्यपि बिबिएफसीले बिक्री भएका सबै टिकटको पैसा फिर्ता गरिदिएको छ भने फिल्मको सार्वजनिक समय पनि पछि सारेको छ ।

यो फिल्म ब्रिटेनको ३१ थिएटरमा हिन्दी र तमिल भाषामा मे १२ मा रिलिज हुने तयारीमा थियो । तर सबै थिएटरका वेबसाइटमा यसको टिकट बिक्रीमा रोक लगाएर सबै शो रद्द गरिएको छ ।

सलोनी नामकी दर्शकले गत बुधबार सिने वल्र्डमा फिल्म हेर्नका लागि ३ टिकट किनेकी थिइन् । तर शुक्रबारमात्र उनलाई एक इमेल आयो, जहाँ उमेर सर्टिफिकेसनको कमीका कारण बिबिएफसीले द केरल स्टोरीको बुकिङ रद्द गरिएको उल्लेख थियो । उनका अनुसार ब्रिटेनमा रहेका अधिकांश भारतीयले फिल्म हेर्ने योजना बनाएका थिए । जसका लागि थिएटर ९५ प्रतिशत बुक भइसकेको थियो ।

बिबिएफसीले भने फिल्मका लागि अहिले पनि सर्टिफिकेसनको प्रक्रिया चलिरहेको जनाएको छ । उसले फिल्मको उमेर रेटिङ र एडभान्स कन्टेन्ट प्राप्त भएमा फिल्म यूकेका थिएटरमा देखाइने बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै