• २०८१ बैशाख १६ आइतबार

चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेको आज पनि उद्दार प्रयास हुदैँ

kharibot

दार्चुला । मौसमका खराबी कारण चटयाङ लागेर चार दिन देखी उद्धार हुन नसकेका घाइतेहरुलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ ।

यार्सागुम्बा टिप्न जाँदा गत शनिवार दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलवार बिहान पुनः प्रयास गरिन लागिएको हो  । 

सो चटयाङवाट घाइते अवस्थामा नै सोही क्षेत्रमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई आज फेरी उद्धारको प्रयास गरिने  प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । ‘मौसमको खराबीका कारण आजसम्म उद्धार गर्न सकिएको छैन, मंगलवार बिहान पुनः उद्धारका लागि प्रयास गर्नेछौं’ उनले भने । 

सो चटयाङमा परेर दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा तथा सोही गाउँपालिका- २ हिकिलाका १८ वर्षीय महेश बडाल माथी चटयाङ परे पछि तीनै जना घाइते भएका थिए । 

व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीनैजनालाई सोमवारसम्म मलकोट भन्ने स्थानसम्म ल्याई पुरयाइएको छ तर उनीहरुको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गा भन्दा बाहिर निस्कन सकेकाे छैन् ।

हिजाे मौसमका कारण सो हेलिकोप्टर त्यहाँ भन्दा बाहिर निस्कन नसके पनि मंगलबार बिहान भने मुलकोट नै पुगेर घाइतेहरुलाई ल्याउने तयारी रहेको प्रजिअ जोशीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै