• २०८१ बैशाख २७ बिहीबार

दरबार हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहितका ठुला हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संसद प्रभु शाहले सोधेको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्ड मात्र होइन दरबार हत्याकाण्ड, मदन-आश्रितको हत्याकाण्ड नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।  

उनले भने- म चाँही के पक्षमा छु भने विगतका भयानक र विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ । चाहे त्यो गौरको केस होस् चाहे नेपालको भयानक हत्याकाण्ड होस् । अहिले जे जसरी ति कुरालाई बिर्साउने कोसिस भएको छ त्यसलाई हामीले गम्भीर रुपले विचार गर्नुपर्छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै