काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अनर्गत मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।
एन्फा कम्प्लेक्समा आइतबार मनाङले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराएको हो ।
मनाङको खेलको ३८ औं मिनेटम जितमा चेतन कुमार थारुले निर्णायक गोल गरे ।
मनाङको यो छैटौं जित हो । मनाङले २२ खेलमा २८ अंक जोडेको छ । मनाङ दशौँ स्थानमा उक्लिएको छ ।
थ्री स्टारले २२ खेलमा २६ अंक जोडेको छ । थ्री स्टार ११ औं स्थानमा रहेको छ ।