• २०८१ बैशाख १८ मंगलबार

थ्री स्टार र खुमलटारबीचको खेल बराबरी

kharibot

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एफसी खुमलटारबीचको खेल बराबरी भएको छ । 

च्यासल मैदानमा मंगलबार थ्री स्टारले एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेलेको हो । 

गोलबाट थ्री स्टारका लागि लाकेन लिम्बूू र आदित्य शाक्यले पेनाल्टीमार्फत गोल गरे । खुमलटारका लागि मेसुके ओलुमोउ र समिर बिनोङलले गोल गरे ।  

यस बराबरीसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । थ्री स्टार १४ खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

खुमलटारले १४ खेलमा १४ अंक जोडेको छ । खुमलटार पुछारमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै