• २०८१ बैशाख १७ सोमबार

सेभियाले जित्यो युरोपा लिगको उपाधि

kharibot

काठमाडौँ । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा इटालियन क्लब एएस रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै सेभियाले सातौं पटक युरोपा लिगको उपाधि जितेको हो ।

यसअघि निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीपछि खेल आधा घण्टा अतिरिक्त समय खेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

योजितसँगै सेभियाले सबैभन्दा बढी ७ पटक युरोपा लिगको उपाधि जितेको छ ।

सेभियाले यसअघि २००६, २००७, २०१४, २०१५, २०१६, २०२० मा युरोपा लिग जितेको थियो ।

त्यस्तै रोमा भने दोस्रो पटक युरोपा लिगको फाइनलमा पुगेर दुवै पटक उपविजेता बनेको छ । रोमा यसअघि १९९१ मा युरोपा लिगको उपविजेता बनेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै