• २०८१ बैशाख १४ शुक्रबार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

kharibot

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगम स्रोतले जनाएको छ ।

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ । सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।

आयल निगमले पछिल्लो पटक जेठ ३ गतेदेखि लागु हुने गरि डिजल र मट्टीतेलको मुल्यमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको थियो भने पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मुल्य भने यथावत राखेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै