• २०८१ बैशाख १५ शनिबार

आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस

kharibot

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको हो ।

निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पदमा पदपूर्ति गर्न सूचना निकालेको थियो । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए ।

कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जना सिफारिश भएका छन् ।  सूचिको पहिलो नम्बरमा रहेका भट्ट हाल विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै