• २०८१ बैशाख १४ शुक्रबार

बैतडीमा भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु

kharibot

बैतडी  । बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका-५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा प्रेम कलौनीको टाउको तथा शरीरका विभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो ।  

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै