• २०८१ बैशाख १६ आइतबार

सिरियाली सैन्य एकेडेमीमा भएको आक्रमणमा ६६ जनाको मुत्यु

kharibot

दमास्कस । सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ ।

उक्त हमलामा एक सय ९० जना घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । हमलामा परेकामध्ये कम्तीमा ६६ जनाको मृत्यु भइसकेको होम्सको चिकित्सा स्रोत तथा सरकारी एफएमहरुले पुष्टि गरेका छन् छन् ।

सिरियाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूको दीक्षान्त समारोहपछि हतियारसहितको ड्रोनद्वारा हमला गरिएको उल्लेख गरेको छ । सेनाले हमलामा सैन्य कर्मचारी तथा सर्वसाधारण मारिएको तर कति हताहत भए भन्नेबारे विवरण उपलब्ध गराएको छैन । हमलामा महिला तथा बालबालिका पनि घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सिरियाली सेनाले आक्रमणकारीको पहिचान गर्न नसकेको भए पनि ‘ज्ञात अन्तर्राष्ट्रि पक्षहरूको समर्थनप्राप्त आतङ्ककारी’ समूहले गरेको भन्दै यसको कडा जवाफ दिने बताएको छ ।

यसैबीच सिरियाका लागि मानवअधिकार अनुगमन संस्थाले उक्त आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । आक्रमणमा सिरियाली रक्षामन्त्री पनि उक्त समारोहमा रहेको सो संस्थाले बताएको छ । आक्रमणस्थलबाट घाइतेहरूलाई एम्बुलेन्सहरूले स्थानीय अस्पतालतर्फ दौडाइरहेको देखिएको पनि उक्त संस्थाले जनाएको छ ।

सिरियाले पछिल्लो समयमा बढ्दो ड्रोन आक्रमणको सामना गर्दै आएको छ । विद्रोही समूहले सरकारी प्रतिष्ठान तथा पूर्वाधारहरूमा आक्रमण गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै