• २०८१ बैशाख १५ शनिबार

ए डिभिजन लिगमा आज चार खेल हुदैँ

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।  

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ ।

उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिचको खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ ।  

रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै