• २०८१ बैशाख १६ आइतबार

काठमाडौँ महानगरले बन्द गरायो शैक्षिक मेला

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ। 

एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा कलेजहरूले शूल्क र भर्ना लिन खोजेको भन्दै आजका लागि मेला बन्द गराएको हो । 

महानगरले भृकुटीमण्डपमा शैक्षिक मेला हुने बारेमा कुनै जानकारी नदिएको जनाएको छ । 

महानगरका प्रतिनिधिहरुले कलेजमा लाग्ने शुल्क लगायतका विषय शैक्षिक मेलामा उल्लेख नगरी पढाई हुने विषयबारे मात्र विद्यार्थीहरूलाई जानकारी गराउने शर्तमा शुक्रबारदेखि मेला आयोजना गर्न दिने बताएको आयोजकले बताएका छन् ।

बिहीबारदेखि सुरू भएको चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए ।

यो शैक्षिक मेला कान्तिपुर र हिसानले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै