• २०८१ बैशाख २१ शुक्रबार

समाजवादी मोर्चामा सहभागी हुने नेकपा एसको निर्णय

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरको छ । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए । 

उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी गरेका छन् । 

उनले भने- ‘समाजवादी मोर्चाको चर्चा सबभन्दा बढी छ। यो मोर्चा गठन गर्ने बारेमा हामीले लामो समयदेखि चर्चा गरिरहेका थियौं। यस मोर्चालाई चाँडोभन्दा चाँडो घोषणा गर्नका लागि सबैको आन्तरिक बैठक पूरा भइसकेपछि आज हामीले समाजवादी मोर्चा नेपालको घोषणा नहुने तर चाँडै यसको घोषणामा सहभागी हुने कुरा सर्वसम्मतिले घोषणा गरेका छौं ।’

समाजवादी मोर्चामा अहिलेसम्म नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रहेको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै