काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भारतीय राजदुत नविन श्रीवास्तवको भेटवार्ता भएको छ ।
शुक्रबार भएको भेटवार्तामा हवाईरुट तथा भैरहवा विमानस्थलमा आइएलएस संचालन बारे छलफल भएको मन्त्री किराँतीले जानकारी दिएका छन् ।
साथै भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न भारत भ्रमण सफल बनाउन भारतीय दुताबासले खेलेको भूमिकाप्रति धन्यवाद दिएको मन्त्री किराँतीले जानकारी दिएका छन् ।