• २०८१ बैशाख ३१ सोमबार

शेखर कोइराला भन्छन- मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन्

kharibot

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्व राजा नभनेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिइका हुन् । उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालवाट साझा गरेका छन । 

‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भने– ‘म राजालाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रु जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् – ती हुन् ‘राजा ।’

उनले अझ अगाडी लेखेका छन, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु ? मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो ।’

आफनो पुस्तक हस्तान्तरण गरेको तस्विरसमेत सार्वजनिक गर्दै मिश्रले उनको कोइरालाको धारणा बाहिर ल्याएका हुन । 'विचार भन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला?' त्यसपछि उनले भने । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै