• २०८१ बैशाख २८ शुक्रबार

हामी एकताबद्ध हुनुको विकल्प छैन- शेखर कोइराला

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन्। महासमिति बैठकको समापन सत्रमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको औंल्याएका हुन् ।

कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताउँदै उनले  महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको बताए। यसले पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्ने उनको विश्वास छ ।

कोइरालाले भने- 'कांग्रेस आफ्नो मौलिक पहिचानबाट पर जान हुँदैन । त्यो भनेको कांग्रेसले आफ्नो मूल्य मान्यता र आदर्शप्रति अबिचलित रहेर देश र देशवासीको रुपान्तरण गर्ने हो । कांग्रेसको समर्थन क्षेत्रलाई विस्तार गर्ने हो । कांग्रेस खुम्चिनु भनेको देशमा लोकतन्त्रको बिस्तार अवरुद्ध हुनु हो । म ती साथीहरुको भावना र विचारसँग सहमत हुँदै कांग्रेस देशव्यापीरुपमा सशक्त भएर आफ्नै विचार, संगठन र कार्यकर्ताको विश्वास र भरोसामा लोकप्रियरुपमा स्थापित गर्न सकिन्छ भन्ने विचार राख्दछु । अर्थात मुख्य कुरा आम नागरिकलाई लोकतन्त्रको माध्यमवाट देशमा सुख, समृद्धि र सुशासन हुन्छ भन्ने प्रत्याभूति दिलाउनु रहेको छ । लोकतन्त्रको पर्यायवाची कांग्रेस भएकोले स्वभाविकरुपमा यो कार्यभार कांग्रेसको काँधमा आएको छ । यो बैठकमा ४ वटै समुहमा व्यापक छलफल भएको छ । महासमिति साथीहरुको भावनालाई प्रतिबिम्बित हुने गरी केन्द्रीय कार्यसमितिबाट परिमार्जन गरिने छ । यसै सन्दर्भमा हालको निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सबै राजनीतिक दलहरुसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने छ ।'

साथै उनले आम जनतामा गम्भिररुपमा “यो देशमा केही हुँदैन” भन्ने न्यारेटिभ निर्माण भएको बताउदै यो निराशाको न्यारेटिभलाई चिर्न राज्य संयन्त्रमात्र पर्याप्त नभएकोले पार्टी संगठन व्यापकरुपमा परिचालित भएर यो न्यारेटिभलाई तोड्नु पर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै