• २०८१ बैशाख १६ आइतबार

कुनै पनि हालतमा बजेट पास गर्न दिदैनौं- सुवास नेम्वाङ

kharibot

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुन नदिने बताएका छन् ।

एमालेका मधेस प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन शनिबार जनकपुर पुगेका नेम्वाङले सरकारले ल्याएको बजेट भेद्भावपूर्ण रहेको बताउदै संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् ।

उनले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेद्भावपूर्ण रुपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए ।

उनले भने- 'भौतिक मन्त्रालयमा ५१ प्रतिशत झन्डै ५ अर्बको बजेट । त्यसमा ३ अर्बमात्रै थियो रे । माग्दा अर्थमन्त्रीले उदारतापूर्वक ५ अर्ब पुर्‍याइदिनुभयो रे । के भयो यो भनेको त ५१ प्रतिशत ४ जिल्लामा छ । यो बजेट पास गर्न दिइँदैन ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै