• २०८१ बैशाख १७ सोमबार

गल्छीमा भारतीय यात्रुवाहक बस सडकमै पल्टियो

kharibot

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना भएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको काठमाडौँबाट दिल्लीतर्फ जादै गरेको भारतीय यात्रुवाहक बस सडकमै पल्टिएको हो । दुर्घटनामा केही यात्रु घाइते भएका छन् । घाइतेको उद्धार जारी रहेको छ ।

दुर्घटनाका कारण राजमार्ग अवरुद्ध छ । काठमाडौं भित्रने र बाहिरिने सवारीसाधनको लामो लाम लागेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै