• २०८१ बैशाख २१ शुक्रबार

ओली भन्छन्- नेकपा विभाजनको विश्लेषण हुनुपर्छ

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने धारणा राखेका छन् ।

आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उनले नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझिने भन्दै विभाजनका कारणको यथार्थ विश्लेषण गरे भविष्यलाई राम्रो हुने जनाए ।

उनले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको भनाइ राखे । नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको ओलीको भनाइ थियो ।

उनले भने- ‘अढाइ वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरु के थिए । उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ । विभाजन भयो भन्ने मात्रै कुराभन्दा अलि त्यसलाई किन र कसरी ? केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ?’

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण आन्दोलनको हितका लागि राम्रो हुने दाबी गरे । उनले भने- ‘यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हितका लागि गर्‍यौं भने त्यसले भविष्यलाई राम्रो हुन्छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै