• २०८१ बैशाख १७ सोमबार

ह्वावे एमएनसी २०२३ मा सहभागीहरूबाट नवीनतम टेकको प्रशंसा

kharibot

काठमाडौं । दुई दिने ह्वावे मोबाइल नेपाल कंग्रेस (एमएनसी २०२३) ले इको-सिस्टम साझेदारहरूको संलग्नता र सबै सहभागीहरूबाट प्रशंसा बटुलेर उत्कृष्ट सफलता हासिल गरेको छ ।

ह्वावेले जुन २३ मा सोल्टी होटल काठमाडौंमा आईसीटी फाउन्डेसन अफ नेपालसँग ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ संयुक्त रूपमा आयोजना गरिएको थियो । समानान्तर कार्यक्रममा, ह्वावे मोबाइल नेपाल कंग्रेस, ह्वावे फाइभजी परिदृश्य, ह्वावे क्लाउड सोलुसन्स, ग्रीन डाटा सेन्टर, स्मार्ट अफिस टेक्नोलोजी हरू प्रदर्शन गरेको थियो । स्मार्ट सिटी कन्सेप्ट, स्मार्ट ग्रिड क्याम्पस, आदि यी दुई दिनमा नेपालका प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, सीईओ र दूरसञ्चार कम्पनीका नेताहरूले ह्वावे एमएनसीको अवलोकन गरेका थिए र ह्वावेले डिजिटल नेपाल सक्षम बनाउनका उपाय र प्रयासहरूको प्रशंसा गरेका थिए । 

विभिन्न देशका आईसीटी विज्ञ सहित ७० भन्दा बढी स्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो भने ६ वटा विषयमा १५ सत्रहरु सञ्चालन गरिएको थियो । सम्मेलनमा दक्षिण कोरिया, सिंगापुर, भारत र बंगलादेशका विषय विज्ञहरुको सहभागिता रहेको थियो । 

डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन तीनवटा विषय वस्तुमा छ वटा फरक–फरक छलफल सत्र सम्पन्न भएको छ । ‘बिल्डिङ फाउण्डेशनल टेक स्ट्याक एण्ड डिजिटल क्यापेबिलिटी’ शीर्षकको प्यानल छलफलमा ह्वावे एसिया प्यासिफिक रिजनका प्रमुख मार्केटिङ अफिसर श्री छु सु ले नेपालको डिजिटल क्षमता निर्माणका लागि फाइभजी र आइओटीमा अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गरेका थिए। 

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम ह्वाङले कार्यक्रममा आफ्नो समापन मन्तव्य राखेका थिए । उनले भने, “डिजिटल ट्रान्सफर्मेसन आर्थिक वृद्धिको मुख्य इन्जिन हो । त्यसैले डिजिटल ट्रान्सफर्मेसनमा जानु स्पष्ट रूपमा सही विकल्प हो । ह्वावे डिजिटल नेपालको एक सक्षमकर्ता हुन पाउँदा  र ह्वावे मोबाइल नेपाल  कंग्रेस मार्फत उद्योगका लागि नयाँ समाधान र आइडिया ल्याउन पाउँदा हामी खुसी छौं “। दुई दिनको कार्यक्रममा, डिजिटल नेपाल कन्क्लेभ र मोबाइल नेपाल कंग्रेसमा सामेल भएकाहरूको यस प्रति धेरै नै चासो रहेको थियो, जुन नेपालको विकासका लागि निकै लाभदायी हुनेछ । 

एमएनसीले विश्वव्यापी आविष्कार र समाधानहरूको प्रदर्शन र डिजिटल नेपालतर्फको यात्रालाई तीव्रता दिनको लागि देशमा तिनीहरूको सान्दर्भिकता र व्यावसायिक व्यवहार्यतामा छलफल गर्न प्रेरित गरेको छ । ह्वावेले गिगाभर्स पहल, अल्ट्रा-अटोमेसन स्पीड अप, इन्टेलिजेन्ट कम्प्युटिङ र सेवाको रूपमा नेटवर्क, मागमा फरक अपेक्षा र वातावरणीय, सामाजिक र सुशासनका लागि गाइड सेट गरेको छ ।

‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नारामा आयोजना भएको कन्क्लेभले डिजिटल रुपान्तरण र त्यसका आवश्यक नीति तथा कार्यान्वयनका लागि नेपालको क्षमता बढाउन जोड दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै