• २०८१ बैशाख १५ शनिबार

जिम्बाबेले ओमानलाई हरायो

kharibot

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत जिम्बाबेले ओमानलाई १४ रनले पराजित गरेको छ ।

घरेलु टोली जिम्बाबेले दिएको ३३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३१८ रन बनायो ।

ओमानका लागि काश्यप प्रजापतीले १०३ रनको शतकिय पारि । आयन खानले ४७, अकिब इलियासले ४५, जीशान मकसूदले ३७ र महोम्मद नादिमले ३० रन बनाए । 

यसअघि क्वीन्स स्पोटर्स क्लब बुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३२ रन बनाएको थियो । जिम्बाबेका लागि सेन वीलियम्सले १०३ बलमा विस्फोटक १४२ रन बनाए ।

यस्तै लुक जोंगवेले अविजित ४२, सिकन्दर राजाले ४२, कप्तान क्रेग एर्विनले २५ र जोयलर्ड गुम्बे २१ रन बनाए । ओमानका लागि बलर फयज बटले ४ विकेट लिए ।

विलाल खान, कलीमुल्लाह र जिशान मकसूदले समान एक–एक विकेट लिए । यो जितसँगै जिम्बाबेले महत्तवपूर्ण २ अंक जोडेको छ । सुपर सिक्समा जिम्बाबेको ६ अंकका साथ शिर्ष स्थानमा छ । 

अब सुपर सिक्सको खेल पछि शिर्ष दुई देशले मात्र विश्वकपको मुख्य इभेन्टमा छनौट हुनेछन् । सुपर सिक्समा समुह चरणमा अर्को समुहबाट छानिएका तीन देशसँग एक–एक खेल हुनेछन् । 

सुपर सिक्समा श्रीलंका, स्कटल्याण्ड र नेदरल्याण्डसको २–२ अंक छ भने वेस्ट इन्डिज र ओमानको शुन्य अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै