• २०८१ बैशाख २० बिहीबार

नेपाललाई आठौं सफलता, सन्दिपले लिए ३ विकेट 

kharibot

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत अहिले नेपाल र युएईबीच खेल भैरहेको छ ।

प्लेअफको सेमिफाइनलका लागि यी दुई टिम जिम्बाबेको हरारे स्पोर्ट्स मैदानमा खेल्दै छन् । 

टस हारेर पहिले ब्याटिङ गरेको युएईले आठौं विकेट गुमाएको छ । सन्जित शर्मा १२ रन बनाएर आउट भए । उनलाई सन्दिप लामिछानेले आउट गरेका हुन् । 

यो समाचार तयार गरुञ्जेल ४५ ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको छ । 

नेपाल र युएईबीच अहिलेसम्म १३ एकदिवसीय खेल भएको छ । जसमा नेपालले ७ र युएईले ६ खेल जितेका छन् ।

यस खेलको विजेताले सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ । 

शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो । 

प्लेअफको फाइनल जित्ने देश सातौं स्थानमा हुने छ भने पराजित हुने टिम आठौ स्थानमा रहने छ । साथै सेमिफाइनलमा पराजित दुई देशले नवौं र दशौँ स्थानका लागि खेल्ने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै