• २०८१ जेठ ६ आइतबार

ओखलढुंगा र इलामबाट बलात्कार आराेपमा दुईजना पक्राउ

kharibot

काठमाडाै‌ं । ओखलढुंगा र इलामबाट दुईजना बलात्कार आराेपमा पक्राउ परेका छन् । 

ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका-३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुख वीर राईलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  प्रहरीले पक्राउ गरेको छ ।

राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका-३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुख वीर राईलाई पक्राउ गरेको हो । हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ । 

इलामकाे रोङ गाउँपालिका-१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राईलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई बिगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै