• २०८१ बैशाख १५ शनिबार

ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादी निर्मलनिवासमा

kharibot

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७औं जन्मदिन रहेको छ ।

जन्मदिनको अवसरमा राजावादीले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् । पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समितिनै गठन गरेका छन् ।

सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका थिए । पूर्वराजालाई शुभकामना र अभिनन्दन गर्नका लागि पुगे पनि ज्ञानेन्द्र नभेटिएपछि उनीहरू पूर्वराजाका प्रतिनिधिलाई अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किएका थिए । पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको बताए । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेका छन् ।

बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै