लिभरपुललाई हराउदै चेल्सीको च्याम्पियन्स लिगमा छनौट हुने आशा जीवितै 

खरीबोट
ad

काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीले लिभरपुलविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । 

गएराती भएको खेलमा चेल्सीले ओलिभर जिराउडको एक मात्र गोलको मद्धतले लिभरपुललाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगमा छनौट हुने आशा जीवित राखेको छ ।

आफ्नो खेरालु मैदानमा भएको खेलमा खेलको ३२औ मिनेटमा जिराउडले हेड मार्फत गोल गर्दै खेलको एक मात्र गोल गरेका थिए । जिराउडले सन २०१५/१६ देखि यता हेड मार्फत १७ गोल गरेका छन् । 

जितपछि चेल्सीको ३६ खेलमा ६९ अंकसहित लिगको पाचौ स्थानामा रहेको छ । त्यस्तै टोटनह्याम ३६ खेलमा ७२ अंक सहित चौथो र लिभरपुल ३७ खेल खेलेर ७५ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिगबाट शिर्ष तीन स्थानमा रहेका टिम च्याम्पियन्स लिगमा छनौट हुन्छन भने चौथो हुने टिमले क्वालिफायर खेल खेल्नुपर्ने हुन्छ ।

चेल्सीका लागि लिगमा अब खेल्न बाँकि दुवै खेल जिते च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना जिवितै देखिएको छ ।

चेल्सी अब प्रिमियर लिगमा हडर्सफिल्ड र न्युक्यासलसँग खेल्न बाँकी रहेको छ ।   
 

सम्बन्धित समाचार

लिभरपुलको जितमा सलाहको निर्णायक गोल 

काठमाडौँ। इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुल हडर्सफिल्डलाई पराजित गरेको छ।  गएराती भएको खेलमा मोहमद सलाहको एक मात्र गोलको मद्धतले लिभरपुलले हडर्सफिल्डलाई १-० गोल अन्तरले पराजित गरेको हो।  सलाहले खेलको २४औ मिनेटमा खेलको

 म्यानचेस्टर सिटीको बर्नलीमाथि उत्कृष्ट जित, घाइते ब्रुने टिममा फर्किए 

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको छ। गएराती भएको खेलमा सिटीले बर्नलीविरुद्ध शानदार जित हासिल गरेको छ।  सिटीको जितमा सर्जियो अग्युरो, बेर्नानड्रो सिल्भा, फर्नानडिन्हो,

चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए

काठमाडौँ।  इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य

प्रिमियर लिगमा सिटी, लिभरपुल र चेल्सीको टक्कर, तिनै टिमको समान २० अंक

काठमाडौँ। इङलिश प्रिमियर लिगमा ८ खेल सकिदा शिर्ष स्थानमा तीन क्लबको अंक बराबर भएको छ।   गएराती भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बिनाक उनी गोल बराबरीमा सकिएपछि दुवैले अंक


z