• २०८१ बैशाख २१ शुक्रबार

बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु

kharibot

काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ ।

बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् ।

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ । 

सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै