• २०८१ बैशाख २६ बुधबार

दुवै मृगौला फेल भएकी विष्णुकुमारीको जीवन रक्षाका लागि सहयोगको अपिल 

kharibot

काठमाडौँ । दुवै मृगौला फेल भएर पीडित बनेकी विष्णुकुमारी विश्वकर्मा ‘बत्ती’ भावुक हुँदै भन्छिन्,  मलाई बचाइदिनुस्, म बाँच्न चाहन्छु ! खोटाङको दिक्तेल रुपाकोट मझुवागडी–११ खर्मी निवासी ३९ वर्षीय विष्णुकुमारीको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेकी छिन् । 

बुढेसकाल नलाग्दै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेकी उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

बुवा पशुराम विश्वकर्मा र आमा फुलसरी विश्वकर्माको कोखबाट छोरीको रूपमा जन्मिएकी बत्तीको दुई वटी छोरी छन् । एउटी १६ र अर्की २० वर्षकी छोरी छन् । १२ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा पति मनबहादुर विश्वकर्माको निधन भयो । निम्न वर्गीय विश्वकर्मा परिवारमा एकपछि अर्को बज्रपात सहनुप¥यो । 

शिक्षा दिक्षाको कमी रहकी बत्ती रोजगारकै क्रममा कुवेत पुगिन् । श्रीमान्को निधन पछि नेपाल फर्किइन् । तर सबै अप्ठ्यारासँग बिजय हासिल गर्न सकेपनी रोगसँग लड्न गाह्रो हुँदो रहेछ । पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पताल चेकजाँच गर्न पुग्दा चिकित्सकले तपाईको दुबै मृगौला फेल भएर एक्कासी प्रेसर बढेर आँखा देख्न समस्या भएको सल्लाह दिए पछि उनी आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भइन् । 

चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबैसँग आर्थिक सहयोगको याचना गरिरहेकी छिन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेकी पिडित बत्ती सहयोगको लागि सबै सामु अपिल गरेकी छिन् । 

पाटन अस्पताल उपचार गरिरहेकी बत्तीको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । अहिले उनलाई पाटनबाट रिफर गरि भक्तपुर अस्पतालमा उपचार भैरहेको छ । 

निम्न परिवारमा जन्मिएकी बत्तीले बेलैमा श्रीमान् गुमाउन प¥यो । आफूले नपढेपनि दुईवटी छोरीको राम्रो शिक्षा दिक्षा गराउने सोच राखेकी थिइन् बत्ती तर बिडम्बना दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेकी छिन् । 

दुबै मृगौला प्रत्यारोपण गर्न ४० देखि ६० लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने बत्तीले आखाँभरि टिलपिल आँशु लिएर आफ्नो ज्यान बचाई दिन सबैलाई आग्रह गरेकी छिन् । 

‘‘घरमा अलि–अलि भएको पैसा उपचारमै सकियो, अब त छोरीहरु पनि ठूला भए केही राम्रो होलाकी भन्ने बेला मलाई रोग लाग्यो । के गर्नु हामी गरिबका कहिलै सुःखका दिन आउने भएन,’’ गह भरि आँसु झार्दै उनले सुनाइन् । 

बुवा पशुराम बरालको नाममा रहेको एनआईसी बैंकको खाता नं. ००८८७५०६७३०५९००१ मा रकम जम्मा गर्न सकिने बताईएको छ । परिवारले विभिन्न सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् । 

भिडियो:

https://www.kharibot.com/uploads/news/files/10000000_6763837480347723_3959719757913690989_n.mp4
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै